माछापुच्छ्रे बैंकले असार महिनाका लागि नयाँ ब्यादर सार्वजनिक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्यादर सार्वजनिक गरेको छ । बैंकले भोली असार १ गते देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । असार महिनामा व्यक्तिगततर्फ बैंकले अधिकतम ७.५० प्रतिशत ब्याजदर तोकेको छ ।

जेठ महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि ६ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत, १ वर्ष देखि ३ वर्ष अवधिका लागि ७ प्रतिशत र ३ वर्ष देखि माथिका लागि ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले संस्थागततर्फ पनि ब्याजदर बढाएको छ । जेठ महिनामा संस्थागततर्फ अधिकतम ५.५० प्रतिशत ब्याजदर कायम गरेको यस बैंकले असार महिनाका लागि अधिकतम ५.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

संस्थागततर्फ ६ महिना देखि १ वर्ष अवधिका लागि ४.७५ प्रतिशत, १ वर्ष देखि ३ वर्ष अवधिका लागि ५.२५ प्रतिशत र ३ वर्ष देखि माथिको अवधिका लागि ५.७५ प्रतिशत ब्याजदर तोकेको छ ।