कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ३ लाख ५४ हजार ५ सय ५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । बैंकका अनुसार निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने छ ।