लिपमोटर सी१० को २०२६ मोडल नेपाली बजारमा, विशेष अफरमा २ लाख छुट

लिपमोटर सी१० को २०२६ मोडल नेपाली बजारमा, विशेष अफरमा २ लाख छुट
काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले आफ्नो चर्चित इलेक्ट्रिक एसयूभी लिपमोटर सी१० को २०२६ मोडलका लागि विशेष अफर मूल्य सार्वजनिक गरेको छ ।

Tata Dost Seres
कम्पनीका अनुसार यो विशेष अफर अवधिमा गाडीको मूल्य ७५ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ, भने अफर समाप्त भएपछि यसको नियमित मूल्य ७७ लाख ९९ हजार रुपैयाँ पुग्नेछ ।

नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री हुने र रुचाइएको मानिने यो मोडलको नयाँ २०२६ संस्करणमा स्मार्ट कनेक्टिभिटी सुविधाहरू थपिएका छन् । अब ग्राहकहरूले गाडीको आधिकारिक लिपमोटर एपका साथै एप्पल कारप्ले र एन्ड्रोइड अटोको सहज अनुभव लिन सक्नेछन् ।

उच्च सुरक्षा र फराकिलो क्याबिन स्पेस प्रदान गर्न सेल–टु–चेसिस प्रविधिमा निर्माण गरिएको यस एसयूभीमा १६० किलोवाटको इलेक्ट्रिक रियर व्हील ड्राइभ मोटर जडान गरिएको छ । यसले एक पटकको पूर्ण चार्जमा ५३० किमी (सीएलटीसी) सम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

अत्याधुनिक इन्टेरियर डिजाइनसहित आएको सी१० मा १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, २.१ वर्ग मिटरको प्यानोरमिक ग्लास रूफ, लेभल–२ एडास फिचर र आरामदायक प्रिमियम लेदरेट सिटहरू उपलब्ध छन् । यस कारको ग्राउन्ड क्लिरेयन्स १९० एमएम छ ।