काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि.ले नयाँ इलेक्ट्रिक स्कुटर याडिया ओविनलाई औपचारिक रुपमा नेपाली बजारमा भित्र्याएको छ ।
इटालियन शैलीबाट प्रेरित रेट्रो(मोडर्न डिजाइन र याडियाको अत्याधुनिक प्रविधिको संयोजनमा तयार पारिएको ओविनलाई यस वर्षको सबैभन्दा बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटरका रूपमा लिइएको छ ।
मुख्य विशेषता र प्रविधि
मोटर: शक्तिशाली २८०० वाट पिक आउटपुट मोटर ।
ब्याट्री: भरपर्दो ७२ भोल्ट ३० एएच एलएफपी ब्याट्री ।
रेन्ज: एक पटकको फुल चार्जमा १०५ किलोमिटर सम्मको रेन्ज दिन सक्ने ।
सुविधाहरूस् यात्रालाई अझ सहज र आरामदायी बनाउन क्रुज कन्ट्रोल र रिभर्स असिस्ट जस्ता सुविधाहरू समावेश ।
मूल्य र दशैं विशेष अफर
याडिया ओविन इलेक्ट्रिक स्कुटरको आधिकारिक बजार मूल्य २ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । तर, चाडपर्वको सन्दर्भमा दशैं विशेष र याडियाले लगातार ८ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्राण्डको उपाधि हासिल गरेको अवसर पारेर कम्पनीले यसको विशेष मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीका अनुसार यो विशेष छुट सीमित स्टकका लागि मात्र उपलब्ध हुनेछ ।
याडियाका अन्य उत्पादनमा जस्तै ओविनमा पनि ग्राहकको दीर्घकालीन विश्वास सुनिश्चित गर्न ३ वर्ष वा ५० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुने बताइएको छ ।





























