काठमाडौं । नेपालका लागि सुजुकी दुईपांग्रे सवारी साधनको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रा.लि.ले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हल अगाडि नयाँ शोरुमको भव्य उदघाटन गरेको छ ।
भीजी अटोमोबाइल्सका महाप्रबन्धक पारस जैनले उक्त शोरुमको उदघाटन गरे । सञ्चार माध्यमका प्रतिनिधि, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरु, भ्लगरहरु र अटोमोबाइल क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थितिमा उक्त शोरुमको उदघाटन गरिएको कम्पनीको भनाइ छ ।
सुजुकीको नयाँ शोरुमको भ्रमण गरी विभिन्न अफर र नेपाली बजारमा उपलब्ध नयाँ मोडल वारे जानकारी लिन कम्पनीले अनुरोध गरेको छ ।
पुरानो मोटरसाइकलसँग सुजुकी जिक्सर साट्दा थप ५० हजार मूल्यांकन हुने, आयो एक्सचेन्ज अफर भीजी अटोमोबाइल्सले उदघाटन अफरको रुपमा छानिएका मोडलहरुमा ५० हजार मूल्य बराबरको थप एक्सचेन्ज मूल्यांकन समेत उपलब्ध गराएको छ । यो मूल्यांकन बाइक कम्पनीहरुले यसरी दिने मूल्यांकनमा हाल सम्मकै सबैभन्दा बढी मूल्यांकन हो ।





























