काठमाडौं । ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले केही दिनमै लक्जरी दिपल एस ०५ सार्वजनिक गर्ने भएको छ।नेपालमा दिपल एस०७ को सफलतापछि एस०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिस्कृत एसयुभी ल्याउन लागेको हो ।
विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस ०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एइडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउनेछ ।
एस०५ भित्र बस्ने बित्तिकै प्रिमियम र लक्जरीको आभाष दिलाउने कम्पनीको दाबी छ । यसमा नेपालमै पहिलो पटक जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फंसन र वान टच न्याप मोड सहितको सहितको क्विन को–पाइलट रहेको छ ।
यसका दुवै सिट वेलकमिङ छन् भने ठूलो १६० लिटरको फ्रंक, आउटडोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानसिप रहेको छ जसले हरेक यात्रालाई लक्जरियस बनाउनेछ ।
नयाँ एस ०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किङ छ जसले साँगुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्नेछ । साथै यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स ९एसाड २।०० छ जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिङ कन्फिडेन्सलाई बढाउनेछ ।
साथै यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङको अनुभव दिलाउने कम्पनीले जानकारी दिएको छ।






























