नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गते सम्म भृकुटीमण्डपमा हुने

काठमाडौं। नेपालको सबै भन्दा प्रतिक्षित अटोमोटिभ कार्यक्रम मध्ये अग्रणी UNITREE नाड अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आज साउन २० गते एक पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।

नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको उदघाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने पनि नाडाले जानकारी दिएको छ।

नाडा अटो शो २०२५ मा नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय हुने नाडा अध्यक्ष करण चौधरीले बताएका छन।

यो केवल प्रदर्शनी मात्र नभई नेपालको दिगो स्मार्ट र भविश्यमुखी मोबिलिटी को डिम् हो। “Go For More नाराहित आयोजना हुने यस वर्षको शो ले नवीनतम प्रविधि,ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण परिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने छ। यसपालीको नाडा शोमा उन्नत प्रविधि र भविष्यताको कदम हुनेछ।

नाडा अटो शो २०२५ मा विशेष प्रविधिहरु प्रस्तुत गरिने भएको छ। स्वचालन र बुद्विमत्ताको नयाँ युगको प्रतिकस्वरूप उन्नत चारपाङ्ग्रे रोवोर्टहरू UNITREE रोबोट्स,भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक Deepal VTOL UAV,१९ वटा चारपाङ्ग्रे ब्राण्डहरू,१३ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू,४ वटा दुई पाङ्ग्रे सवारी ब्रान्डहरू,३५ कम्पनीहरुका ल्युब्रिकेन्ट,टायर,ब्याट्री,,ग्यारेज उपकरण र वित्तिय संस्थाहरू, १२५ भन्दा बढी प्रदर्शकहरू र १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको भृकुटीमण्डपमाको ३ लाख वर्गफुट क्षेत्रफलमा करिव १६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहितको नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने नाडाले जनाएको छ।

नाडा अटो शो सशक्त साझेदारी र व्यवस्थापनमा हुँदैछ। नाडा अटो शोमा मुख्य प्रायोजक UNITREE (MAW Vriddhi,सहप्रायोजक for mor Company Lat,पावरेड वाई Cama Cola,मोविलिटी पाटर्नर Yaga,Eatlusive Ticketing Partner: Khalti by IME,
Official Internet Partner: WoodLank,Surveillance Partner: CCTV Nepal,Fire Safety Partner: Himalayan Safity Solatums Pvt. Ltd,Hospital Partner: Kist Hopital, Hospitality Partner: The Plaza, Door Print Nepal Lube Oil Limited( provide free lubricants in every service for one year for 12 lucky winners),Event Managed by: Global Fixposition & Management Services Pvt. Lt (GEMS) र रहेका छन।

नाडा शोमा सुविधा र सुरक्षा सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। अटो शो मा सुविधाजनक जोन विभाजन गरिएको छ। चारपाङ्ग्रे,दुई पाङ्ग्रे,व्यवसायिक सवारी,अटो पार्टस,वित्तीय सेवा आदिको व्यवस्था गरिएको छ। टिकट प्रि बुकिङ खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिनेछ। सञ्चारकर्मीहरुको समन्वयका लागि मिडिया डेस्क पनि राखिनेछ।

महानगरीय ट्राफिक प्रहरी साझेदारीमा ट्राफिक सूचना डेस्क पनि रहनेछ। आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, आगो नियन्त्रणको व्यवस्था गरिनेछ। यसपालीको अटो शोका प्रमुख आकर्षणहरूमा विन्टेज मोटर शो हुनेछ। अटो शोमा ऐतिहासिक सवारी साधनहरूको प्रदर्शन गरिने छ। जसमा Morrisn Minor,Flat,Peugeot,Beetle,Mini Cooper,Toyota RT, Mercedes Benz,Toyota RT40, VW B,Toyota Corolla,Mazd Familia and ToyotaMR2,Made in Nepal Pavilion र स्वदेशमै निर्माण भए‌का सवारी तथा पार्टसको प्रदर्शनी,International Business Pavilion अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रबर्द्धन गर्ने थलाे,सेमिनार, कार्यशाला, अन्तरक्रिया,ईभी,स्मार्ट माेबिलिटी र दिगाेपनमा केन्द्रीत हुने र दैनिक भाग्यशाली विजेता घोषणा गरि नेपाल ल्युव ओयल लिकाे प्रायाेजनमा एक वर्षसम्म नि:शुल्क ल्युब्रिकेन्ट सेवा दिने पनि नाडाले जनाएकाे छ।

नाडाले दावीभन्दा पर उदाहरणीय नेतृत्वको चिनारी दिने भएकाे छ। जहाँ कतिपयले आफूलाई ठूलाे वा सबैभन्दा राम्रो भन्दै हल्ला गर्छन त्यहाँ नाडा अटो शोले तथ्य, निरन्तरता र विश्वसनीयताबाट आफैलाई स्थापित गरिसकेको छ।

नाडाकाे नाडा अटाे शाेकाे १६ संस्करणहरूको सफल ईतिहास,अग्रणी ब्राण्डहरुको सहभागिता र लाखौं दर्शकहरूको विश्वासले नाडा अटाे शाे लाई नेपालको अटोमोटिभ उद्योगको सर्वोत्कृष्ट मञ्चको रुपमा परिचित गराएको छ। उपभोक्ता, प्रविधिप्रेमी, उद्यमी वा उद्योग विश्लेषक नाडा अटो शो २०२५ तपाईका लागि हो।