काठमाडौं । आईएम मोटर्सको प्रिमियम एसयूभी ‘आईएम–६’ अगामी साउन २१ देखी सुरु हुने नाईमा नेपाल मोबिलिटी एक्सपो मार्फत औपचारिक लञ्च हुने तयारीमा छ ।
पारामाउन्ट मोटर्स आधिकारिक वितरक रहेको यस एसयूभी विगत केही समययता नेपाली बजारमा गुड्दै आएपनि औपचारिक लञ्च भएको थिएन ।
चिनियाँ अटोमोबाइल ग्रुप एसएआइसी मोटर, अलिवावा ग्रुप र ह्यान्जिङ हाइटेकको संयुक्त लगानीमा स्थापना भएको आइएम–६ कुपे डिजाइन एसयूभी हो । यहि सेग्मेन्टमा अन्य एसयूभीको तुलनमा निकै पृथक देखिने यस एसयूभीमा अत्याधुनिक फिचर राखिएको छ ।
यस एसयूभीमा तीन वटा स्क्रीन, मसाज सिट, २० स्पीकर सहितको अडियो सिस्टम, लाइडार, एनभीडिया ड्राइभ अर्गेन चीप, स्मार्ट ड्राइभ एसिस्ट, अटोनोमस पार्किङ एसिस्टेन्स र ‘क्वालकमको स्न्यापड्रागन एसए–८२९५ पी प्लेटफर्म’ सहितको स्मार्ट ककपिट पाउन सकिन्छ । यी र यस्ता विशेषताले आईएम–६ निकै विलासी बनाएको छ ।
पावरट्रेनको कुरा गर्नुपर्दा यसमा ७५ किलोवाट आवरको ब्याट्री प्याक तथा २१६ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको यस ईभीको पीक टकए भने ४५० एनएम छ ।
आईएम–६ ले हाल बजारमा उपलब्ध जिकर एक्स, एक्सपेङ जी६, बीवाईडी सिलायन–७ र दीपाल एस–०७ लगायत मोडलसंग प्रतिस्पर्धा गर्ने देखिन्छ । यी मोडलसंग प्रतिस्पर्धा गर्नेगरी पारामाउन्ट मोटर्सले आईएम–६ को मूल्य ७० देखि ८० लाख हाराहारीमा निर्धारण गर्ने अनुमान गर्न सकिन्छ ।































