हाइब्रिड पावरट्रेनमा आयो टोयोटा ल्यान्डक्रुजर ३००, मूल्य कति ?

टोयोटाले आफ्नो चर्चित एसयूभी ल्यान्डक्रुजर ३०० लाई हाइब्रिड पावरट्रेनमा उतारेको छ । सो एसयूभीको हाईब्रिड भर्सन मध्य पूर्वका केही बजारहरूमा उपलब्ध हुने जनाइएको छ ।

एसयूभीमा ३.४ लिटर भी ६ पेट्रोल इन्जिन र सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ । इलेक्ट्रिक मोटरलाई इन्जिन र एसयूभीको १० स्पिड अटोमेटिक गियरबक्सको विचमा माउन्ट गरिएको छ ।

एसयूभीको संयुक्त पावर ४५० वीएचपी तथा टर्क ७९० एनएम रहेको छ । टोयोटाको यहि पावरट्रेन अन्य फुल साइज एसयूभी र लेक्ससमा समेत उपलब्ध गराइएको छ ।

एसयूभीमा हाइब्रिड भर्सनलाई दर्साउने युनिक ब्याजिङ, १२.३इन्चको इन्फोटेनमेन्ट स्क्रिन र बुट एरियामाा १,५०० वाट क्षमताको पावर आउटलेट राखिएको छ ।

ल्याण्डक्रुजर हाइब्रिडको मूल्य संयुक्त अरब इमिरेट्समा ३ लाख ८९ हजार ९०० दिरामा निर्धारण गरिएको छ । टोयोटाले यस एसयूभीलाई २०२६ को मध्यतिर अष्ट्रेलियामा पनि बिक्री थाल्ने तयारी गरेको छ ।