सुर्खेत। एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले सुर्खेतमा निःशुल्क सर्भिस चेकअप क्याम्प सम्पन्न गरेको छ । क्याम्प पदमपुरस्थित साझा स्टोरमा जेठ ११ देखि १४ गते सम्म आयोजना गरिएको हो ।
उक्त क्याम्पको उद्घाटन एसएमएल इसुजुको कन्ट्री म्यानेजर–सुमन नागपाल र सर्भिस हेड–मनोज सीसैनी तथा लक्ष्मी कमर्शियल भेइकल्सका सेल्स हेड तथा आफ्टर सेल्स हेड सञ्जय खड्काले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा साझा स्टोरका सञ्चालक मदन खड्का, सुर्खेत काक्रे विहार यातायात प्रालिका अध्यक्ष रमेस सापकोटा, देउती नागरिक प्रालिका सचिव रमेश खड्का र विभिन्न उद्योग तथा यातायात क्षेत्रका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
क्याम्प अवधिमा एसएमएल इसुजुका टिमले गाडी मालिक तथा चालकहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको अनुभव, समस्या, र सुझावहरू संकलन गरे । उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिमा आफ्नो प्रतिबद्धता पुरा गर्न क्याम्प आयोजना गरिएको हो ।
क्याम्पमा १५० भन्दा बढी सवारी साधन सहभागी भएको र ग्राहकलाई सामन्य मर्मतमा शत् प्रतिशत निःशुल्क सेवा प्रादन गरिएको थियो । यसैगरी, ठूला मर्मतमा ५० प्रतिशत छुट, लुब्रिकेन्ट र स्पेयर पाट्र्समा १५ प्रतिशत छुट दिइएको थियो भने सम्पूर्ण सवारीको चेकअप निःशुल्क गरिएको थियो । सहभागिलाई आकर्षक गिफ्ट ह्याम्परको साथै नयाँ सवारी खरिदमा विशेष छुट समेत प्रदान गरिएको थियो ।
नेपालभर रहेका आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा र साथ दिन कम्पनीले आगामी दिनमा पनि यस्तो क्याम्पलाई निरन्तरता दिँदै जाने जनाएको छ । क्याम्पले ग्राहकसँगको सम्बन्ध अझ प्रगाढ बनाएको र एसएमएल इसुजुका सवारी साधनप्रति विश्वास तथा सन्तुष्टि बढाएको कम्पनीको भनाई छ ।