महिन्द्रा एण्ड महिन्द्रा चाँडै नै नयाँ मोडल एक्सयूभी ९०० पेश गर्ने भएको छ । सो मोडल २०२५ भित्रै लन्च हुने सम्भावना रहेको छ र यसको आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र बलियो प्रदर्शनले सबै आकर्षित गर्नेछ ।
एक्सयूभी ९०० को डिजाइन एक्सयूभी एरोको अवधारणाबाट प्रेरित देखिन्छ । यसमा ढल्किएको छाना र अगाडिको भागमा बोल्ड र आक्रामक लुक दिइनेछ । यसको डिजाइन महिन्द्राको आगामी पुस्ताका कुपे एसयूभीको आधार बन्ने अपेक्षा गरिएको छ ।
सो एसयूभीको लम्बाइ ४७९० एमएम, चौडाइ १९०५ एमएम र उचाइ १६९० एमएम हुनेछ । साथै यसमा २७७५ एमएमको ह्विलबेस हुनेछ ।
रिपोर्ट अनुसार एक्सयूभी ९०० महिन्द्राको नयाँ एङ्ग्लो ईभी प्लेटफर्ममा निर्माण गरिनेछ । सो प्लेटफर्म विशेष रूपमा इलेक्ट्रिक सवारी साधनको लागि विकास गरिएको हो । यसमा ६० किलोवाट र ८० किलोवाट गरी दुई फरक ब्याट्री विकल्प समावेश गरिनेछ । यसको ब्याट्री एक पटक चार्ज गर्दा ४०० किलोमिटरभन्दा बढीको रेन्ज दिने दाबी गरिएको छ ।
एक्सयूभी ९०० मा तीन वटा १२.३–इन्चको डिस्प्ले हुनेछ, जसले इन्फोटेनमेन्ट, चालक जानकारी र सहयात्री अनुभवलाई नयाँ स्तरमा पुर्याउनेछ । स्टेयरिङ ह्विल टु –स्पोक शैलीको हुनेछ । साथै, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ, उच्च(गुणस्तरको अपहोल्स्ट्रीजस्ता सुविधा पनि हुनेछ ।
सेफ्टीका लागि एडास सिस्टम अन्तर्गत एडाप्टिभ क्रूज कन्ट्रोल, लेन(कीपिङ असिस्ट, अटो(पार्किङ सुविधा पनि उपलब्ध गराइनेछ । एक्सयूभी९०० ले टाटाको आगामी कुपे एसयूभी र टाटा कर्भसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।