काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर कार्यक्रम सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरु साट्दा ३० प्रतिशत देखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।
त्यस्तै ती मध्ये १२० जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्र मार्फत क्यास ब्याक समेत प्रदान गरिने जनाइएको छ ।
लक्की ड्र मार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टी मार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्नेछ ।
नजिकिदै गरेको चाडपर्वलाई अझै विशेष रुपमा मनाउनका लागि तथा ग्राहकवर्गमा थप उल्लास भर्नका लागि यस किसिमको एक्सचेञ्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ ।
व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।