काठमाडौं । सुजुकीले १२५ सीसी सेगमेन्टमा सुजुकी एक्सेस १२५ को फेसलिफ्ट संस्करण लन्च गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले सो स्कुटर हाल परीक्षण गरिरहेको छ ।
परीक्षणको क्रममा देखिएको सो स्कुटर पूरै ढाकिएको थियो। यसको डिजाइनमा धेरै ठुलो परिवर्तन हुने अपेक्षा गरिएको छ । जसका कारण सो स्कुटर पूर्ण रूपमा नयाँ लुक हुन सक्ने अनुमान गरिएको छ ।
जानकारीका अनुसार स्कुटरको डिजाइन र फिचरमा ठुलो परिवर्तन गरिएको छ । तर यसको इन्जिनमा भने कुनै परिवर्तन नहुने अनुमान गरिएको छ ।
हालको संस्करण जस्तै फेसलिफ्टमा पनि १२५ सीसी सिंगल सिलिन्डर इन्जिन उपलब्ध हुनेछ । तर फेसलिफ्ट संस्करणको इन्जिनलाई थप परिष्कृत गर्नको लागि राम्रोसँग ट्युन गरिएको छ र टर्क बढाइनेछ।
स्कुटर लन्च गर्ने बारे कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर सन् २०२५ को जनवरीमा हुने भारत मोबिलिटीमा यसलाई प्रस्तुत गर्न सकिने अपेक्षा गरिएको छ ।
एक्सेस १२५ सुजुकीले १२५ सीसी स्कुटर सेगमेन्टमा उपलब्ध गराएको छ । सो सेगमेन्टमा यो स्कुटरले होन्डा एक्टिभा १२५, हिरो डेस्टिनी १२५, टीभीएस एनटर्क जस्ता स्कुटरसँग सीधा प्रतिस्पर्धा गर्नेछ ।