हुन्डाईको फेष्टिभ डिलाइट सार्वजनिक

काठमाडौँ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल दसैँ – तिहार लक्षित फेष्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकको दसैँ तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन भन्दै हुन्डाईले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ ।

यस वर्ष पनि यही परम्परा कायम राखी १ जना भाग्यमानीले ‘मेड इन नेपाल’ हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा १० लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार भदौ ११ गतेदेखि सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकहरूले पनि यस योजना बाट लाभान्वित हुन सक्नेछन् ।

नाडा अटोशो २०२४ मा हुन्डाईको ब्८द्द स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरुले हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् ।

सबैै हुन्डाईका गाडीमा ३ वर्ष  वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ ।  यो योजना मंसिर २२ ९छठ पर्व० सम्म लागू हुनेछ ।