skip this prime bank skip

महिनामा मात्रै एक हजार सय चार वटा विद्युतीय जीप, कार भ्यानको आयात

काठमाडौं । वैशाख महिनामा मात्रै एक हजार सय चार वटा विद्युतीय जीप, कार भ्यानको आयात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार चैतसम्म सात हजार ९३ वटा यस्ता गाडीको आयात भएको थियो।बजेट ल्याउने अघिल्लो महिना यस्ता गाडीहरूको आयात बढी हुने गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार यस वर्ष १० महिनामा ५० किलोवाटभन्दा कमका गाडी ३ हजार ४७२ वटा आयात भएका छन्।

५१ देखि १०० किलोवाटसम्मका गाडी चार हजार ८९६ वटा आयात भएका छन्। १०१ किलोवाटभन्दा ठूलो क्षमताका गाडी भने १२९ वटा आयात भएको छ।

सरकारले चालु वर्षको बजेट मार्फत् ५१ देखि १०० किलोवाटको गाडीको भन्सार बढाएको थियो। यो वर्ष १० महिनामा २१ अर्ब आठ करोडको विद्युतीय गाडी आयात हुँदा नौ अर्ब ३६ करोड राजस्व संकलन भएको छ।