काठमाडौं । उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गर्दै ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल २०२४’ बुधबार बेलुका सम्पन्न भएको छ ।
मगलबार र बुधबार दुईदिनसम्म चलेको यो महोत्सबमा प्रदीप खड्का ‘प्रेम गीत ३’बाट उत्कृष्ट अभिनेता र मिरुना मिरुना मगर चलचित्र जारीबाट उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । यो महोत्सब सिटी सिनेमा विराटनगरमा आयोजना गरिएको थियो ।
कोशी प्रदेशका बन तथा बाताबरण मन्त्री नारायण मगरले उद्घाटन गरेको यो महोत्सवमा कथानक, बृत्तचित्र र लघु चलचित्र गरेर ५ देशका २४ चलचित्र सहभागी थिए ।
चलचित्रकर्मी महासंघ कोशी प्रदेश र नेपाल चलचित्र निर्देशक समाजले यो महोत्सब आयोजना गरेको हो । चलचित्र प्रदर्शनसँगै केही विधामा अवार्ड प्रदान गरेर महोत्सब सम्पन्न गरिएको हो ।
जसमा चलचित्रतर्फ निर्देशकको अवार्ड प्रेम गीत ३ बाट सन्तोष सेन र चेतन गुरुङलाई, पर्वतीय चलचित्रको अवार्ड ‘प्रेम गीत ३’लाई पर्यटन चलचित्रको अवार्ड चलचित्र ‘मन्त्र’लाई, जुरी अवार्ड ‘बिच्छेद’लाई, कल्चर चलचित्र अवार्ड ‘जारी’लाई प्रदान गरियो ।
यस्तै अन्तराष्ट्रिय तर्फ चलचित्रको अवार्ड क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’ र नेपालको ‘बुलाकी’ले पायो । कार्यक्रममा ‘चलचित्र सम्मान २०२४’बाट फिल्म निर्माता निर्देशक सन्तोष सेन, ओएसार डिजिटलका संचालक ओम अग्रवाललाई सम्मानित गरियो ।
कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, महोत्सब आयोजक तथा नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, अर्का आयोजक चलचित्रकर्मी महासंघ कोशी प्रदेशको अध्यक्ष अरुण प्रधानलगायतले विजेतालाई अवार्ड प्रदान गरे ।
पर्यटन, संस्कृति, पर्वतीय पर्यावरणसँग सम्वन्धित वा ति विषयवस्तु समेटिएका चलचित्रहरु मात्र महोत्सबमा आफुहरुले सहभागी गएको महोत्सब आयोजक जनकदीप पराजुलीले समापन समारोहमा बताए ।
यस्तै महोत्सबका अर्का आयोजक अरुण कुमार प्रधानले मोफसलबाट पनि अन्तराष्ट्रिय अवार्ड आयोजना गरेर नेपाली कलासंकृति तथा पर्यनटका विकास बिस्तारमा टेवा पु¥याउन सकिन्छ भनेर आफुहरुले बिराटनगरमा यो महोत्सब आयोजना गरेको बताए ।
































