ग्लोबल आइएमई लघुवित्तको ब्याज आम्दानी बढे पनि खुद नाफा २६.५८ प्रतिशतले घट्यो

पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८.१२ रुपैयाँले घटेर १५.४६ रुपैयाँ कायम भएको छ ।

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तको नाफा २६.५८५ ले घटेर ४ करोड  ७८ लाख  रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ६ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी १०.५०% ले बढेर २८ करोड ६३ लाख रुपैयाँ पुगेको छ । यद्दपि, इम्पेयरमेन्ट चार्ज ७ करोडबाट बढेर १० करोड ५९ लाख रुपैयाँ पुगेपछि सञ्चालन नाफा २६.६६% ले घटेको छ ।

जसका कारण खुद नाफा प्रभावित बनेको हो । हाल यसको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोष २५.७५% ले घटेर ५० करोड १८ लाख रुपैयाँमा आएको छ ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८.१२ रुपैयाँले घटेर १५.४६ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८१.०९ रुपैयाँ छ ।