केएफए बिजनेस स्कुल र फर्मा मार्केटिङ सोलुसनबीच सम्झौता

फर्मास्युटिकल्स मार्केटिङ कोर्ष सञ्चालन हुने

काठमाडौं । केएफए बिजनेस स्कुल र फर्मा मार्केटिङ सोलुसनबीच ञडिप्लोमा इन फर्मास्युटिकल्स मार्केटिङझको प्रोफेसनल कोर्स संचालन गर्न सम्झौता भएको छ।

केएफए बिजनेस स्कुलले डिप्लोमा इन फर्मास्युटिकल्स मार्केटिङझको प्रोफेस्नल कोर्स संचालन गर्न ञफर्मा मार्केटिङ सोलुसनझ (पीएमएस)सँग पाठ्यक्रम विकास तथा आवश्यक प्राविधिक सहकार्य गर्न सम्झौता गरेको हो।

दुई संस्थाबीच भएको यो सम्झौताले नेपालमै औषधि बिक्री एवं बजारीकरणका लागि मानव संशाधन विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।

पिएमएस र केएफएको सहकार्यले नेपालमा बजार अनुसन्धान गर्न र फार्मास्युटिकल मार्केटिङमा डिप्लोमा कोर्षमार्फत ठूलो सहयोग हुने दुवै संस्थाको भनाइ छ।

केएफएका संस्थापक अध्यक्ष रेश्ता झाले नेपालमा यो प्रोफेस्नल कोर्स पहिलो पटक सुरु गरिएको र यसले बजारमा माग भए अनुसारको फर्मा मार्केटिङको प्रोफेस्नल जनशक्तिको ग्याप पूरा गर्ने विश्वास रहेको बताए।

त्यसैगरी फर्मा मार्केटिङ सोलुसनका मेनेजिङ डाइरेक्टर उमेश रौनियारले फर्मा मार्केटिङमा आउन चाहने कुनै पनि विषयमा स्नातक गरेका तथा अहिले यस‌ै क्षेत्रमा काम गरिरहेका दुबै प्रकारका जनशक्तिलाई मध्यनजर गरि यो कोर्सको डिजाइन गरिएको बताए।

आगामी अक्टोबारबाट यो कोर्षको अध्यापन सुरु हुने लक्ष्य लिइएको छ। एक ब्याचमा २५ जनासम्मलाई अध्यापन गराउने बताइएको छ।