आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।