skip this prime bank skip

साउन १५ गते एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा

काठमाडौं । साउन १५ गते एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा बस्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा ६६ प्रतिशत (१०ः६.६ अनुपातमा) हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । उक्त पुँजीमा ६६ प्रतिशत हकप्रद सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुर्याउने प्रस्ताव सभामा पेश हुनेछ।

हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ । विशेष सभा साउन १५ गते आम्रपाली ब्यांकेट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । विशेष सभा प्रयोजनका लागि साउन ८ गते बुक क्लोज हुनेछ ।

साउन ७ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन पाउनेछन् । एनएलजीलाई हकप्रद सेयर बिक्री गर्न नियामक नेपाल बिमा प्राधिकरणले अनुमति दिइसकेको छ ।  अब साधारण सभा मार्फत प्रस्ताव परित गरी अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने हुन्छ ।

बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ । कम्पनीले नियामकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि अपुग हुने पुँजी बोनस सेयरमार्फत पुर्याउने देखिन्छ ।