काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १८औँ वार्षिक साधारण सभा कात्तिक २० गते शुक्रबार आयोजना गर्ने भएको छ।
कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो। साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वित्तीय विवरण र नाफा–नोक्सान हिसाब पारित गर्ने प्रस्ताव पेस गरिनेछ।
त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते शेयर दाखिला पुस्तिका बन्द गर्ने भएको छ। कात्तिक ९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन र मतदान गर्न पाउनेछन्।
साधारण सभा काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रो, दोचा मार्गमा बिहान ११ बजे बस्नेछ।





























