skip this prime bank skip

एभरेष्ट बैंकले उद्यमी व्यवसायीको फ्रेन्चाइजी क्रिकेट टिम विराटनगर किंग्सलाई प्रायोजन

काठमाडौं । एभरेष्ट बैंकले उद्यमी व्यवसायीको फ्रेन्चाइजी क्रिकेट टिम विराटनगर किंग्सलाई पनि प्रायोजन गरेको छ। सो सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका कोसी प्रदेश प्रमुख सुधीर गौतम र विराटनगर किंग्सका लगानीकर्तामध्येका अनुदा पोदारले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकले विराटनगर किंग्सको जर्सीको ब्याक साइडका लागि प्रायोजन गर्नेछ। विराटनगर किंग्सको मुख्य प्रायोजक स्ट्रम इनर्जी छ । त्यसैगरी जर्सीको ननलिड आम्र्समा पिएलो लुब्रिकेन्ट र ट्राउजरमा बाजेको सुकेवाले यसअघि प्रायोजन गरिसकेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको कप्तानीमा उत्रिने विराटनगर किंग्सले यसपालि विदेशी प्रमुख खेलाडीका रूपमा श्रीलंकाका टी–२० कप्तान चरिथ असालंकालाई भित्र्याएको छ। त्यसैगरी अमेरिकाका शुभम रन्जने पनि विराटनगर किंग्समा भित्रिएका छन्।

विराटनगरले दोस्रो संस्करणमा दक्षिण अफ्रिकाका स्टार फाफ डुप्लेसीसहित मार्टिन गप्टिल, मच्र्यान्ट डी ल्यांगे, जर्ज मुन्सी, साम हिजलेट, शुभम रन्जनेलाई अनुबन्ध गरेको थियो। विराटनगर किंग्समा विराटनगरका चार उद्योगी समूहको लगानी छ।