काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला सुन २ लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको २ लाख ९९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो।































