बजारमा  आज सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। आज सुन प्रतितोला १०० रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँका दरले कारोबार भएको थियो।