हिरो मोटोकर्पले ग्ल्यामर एक्स १२५ मोटरसाइकल भारतीय बजारमा लन्च गरेको छ। ग्ल्यामर एक्स १२५ आफ्नो सेग्मेन्टमा इन्टिग्रेटेड ब्रेकिङ सिस्टमसहित सिंगल च्यानल एबीएस उपलब्ध गराउने पहिलो मोटरसाइकल बनेको छ।
मोटरसाइकललाई मस्कुलर र स्पोर्टी लुक दिइएको छ। यसमा हिरोको एच सिग्नेचर फुल एलईडी लाइटिङ, स्पोर्टी ग्राफिक्स र आकर्षक बडी डिजाइन प्रयोग गरिएको छ।
मोटरसाइकलमा १०.७ सेन्टिमिटरको एडप्टिभ मल्टी-कलर डिजिटल कन्सोल रहेको छ । यसमा गियर सिफ्ट एडभाइजर, डिस्टेन्स टु एन्प्टी र रियल-टाइम माइलेज इन्डिकेटरलगायत ६० भन्दा बढी फिचर समावेश गरिएको छ।
साथै यसमा ब्लुटुथ कनेक्टिभिटी, ईटीएसहितको टर्न-बाइ-टर्न नेभिगेसन र कल/एसएमएस अलर्टजस्ता फिचर उपलब्ध गराएको छ ।
पावरका लागि ग्ल्यामर एक्स १२५ मा स्प्रिन्ट ईबीटी इन्जिन प्रयोग गरिएको छ। सो इन्जिनले ८२५० आरपीएममा ११.४ बीएचपी पावर उत्पादन गर्छ।
मोटरसाइकलमा इको, रोड र पावर गरी ३ वटा राइडिङ मोड उपलब्ध छ । लामो दूरीको यात्रालाई सहज बनाउन यसमा क्रूज कन्ट्रोलसमेत दिइएको छ।
यसमा कन्फर्टेबल राइडिङका लागि चौडा ह्यान्डलबार, लामो र समतल सिट र कम सिट उचाइ राखिएको छ।
यसका साथै ड्युअल अन्डर सिट मोबाइल स्टोरेज र सी टाइप यूएसबी चार्जिङ पोर्ट पनि उपलब्ध छ। हिरो मोटोकर्पले ग्ल्यामर एक्स १२५ को मूल्य १ लाख १ हजार भारु निर्धारण गरेको छ।
































