बजारमा आज सुनको भाउमा भारी वृद्धि

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ।

योसँगै प्रतितोला सुन ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन ३ लााख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ४ हजार ७९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६९० रुपैयाँमा किनबेच भएको थियो।