मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन योजना

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार योजनाअन्तर्गत आधार दरमा शून्य प्रतिशत प्रिमियम थप गरी विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराइनेछ ।

यो योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ । योजनाको अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यसबाट ग्राहकले आफूले रोजेको सवारीसाधन खरिदका लागि सहज र छिटो कर्जा सुविधा प्राप्त गर्न सक्ने गुरुङले बताए ।

बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ । नाडा अटो शो २०२६ मा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले यस योजनाबाट लाभ लिन सक्नेछन् ।