आइएमई लाइफले साउन महिनामा दुई करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले साउन महिनामा दुई करोड २७ लाख ४२ हजार २६९ रुपैयाँ दाबी भुक्तानी गरेको छ।

कम्पनीका अनुसार उक्त अवधिमा ८९ वटा बीमालेखअन्तर्गत दाबी भुक्तानी गरिएको हो। भुक्तानी गरिएको कुल रकममध्ये कन्भेन्सनल पोलिसीतर्फ १० वटा दाबीको ३४ लाख ५ हजार ६६७ रुपैयाँ ४० पैसा, फरेन एम्प्लोयमेन्ट पोलिसीतर्फ आठ वटा दाबीको ७३ लाख १० हजार रुपैयाँ र माइक्रो टर्म पोलिसीतर्फ ७१ वटा दाबीको एक करोड २० लाख २६ हजार ६०२ रुपैयाँ भुक्तानी गरिएको छ।

कम्पनीले आफ्ना ग्राहकलाई छोटो समयमा सहज, सरल र झन्झटरहित सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।