काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर खरिद बिक्रीमा ल्याएको छ । बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले बिक्री गर्न इच्छा राखी निवेदन दिएपछि बैंकले यसअघि सार्वजनिक सूचना जारी गरेको थियो।
नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशनअनुसार संस्थापक शेयरधनीहरूका लागि ३५ दिनको सार्वजनिक सूचना प्रकाशित गरी उक्त शेयर खरिद गर्न आह्वान गरिएकोमा तोकिएको अवधिभित्र कुनै पनि आवेदन प्राप्त नभएपछि अब अन्य व्यक्ति तथा संस्थालाई शेयर खरिद गर्ने बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन बमोजिम बैंकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आवश्यक कागजात तथा प्रमाण संलग्न गरी आवेदन दिन आग्रह गरेको हो।
इच्छुक व्यक्ति वा संस्थाले आफूले खरिद गर्न चाहेको शेयरको संख्या स्पष्ट रूपमा खुलाएर बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ।































