काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ सम्मको दूरसञ्चार सेवा उपयोग बापतको बक्यौता महशुल तिर्दा लाग्ने जरिवाना छुट दिने घोषणा गरेको छ ।
कम्पनीका अनुसार सम्बन्धित ग्राहकले आगामी पुस मसान्तभित्र बक्यौता रकम भुक्तानी गरेमा सो रकममा लाग्ने जरिवाना पूर्ण रूपमा छुट प्रदान गरिनेछ ।नेपाल टेलिकमले ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा गई उक्त सुविधाको सदुपयोग गर्न आग्रह गरेको छ ।
साथै, तोकिएको अवधिभित्र बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकहरूको नामावली कम्पनीको वेबसाइट तथा राष्ट्रिय पत्रिकामार्फत सार्वजनिक गरी कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।






























