विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

काठमाडौँ । विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै बोर्डको अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो।

सूचना अनुसार, विज्ञापन बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट गरी नियुक्त गर्न लागिएको हो। यस पदका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले आगामी २०८३ साउन ८ गते (शुक्रबार) कार्यालय समयभित्र मन्त्रालयमा आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ।

उम्मेदवारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारामको ढाँचा तथा दरखास्तका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू लगायतको विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।