काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको हो।
यससँगै प्रतितोला सुन २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ३६० सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।































