आजबाट कालंगा हाइड्रोले आइपीओ निष्काशन गर्दै

काठमाडौं ।  आज जेठ ८ गतेदेखि कालंगा हाइड्रो  लिमिटेडको आईपीओ निष्काशन खुला भएको छ । उक्र कमपनीको आईपीओ यही जेठ १३ गते बुधबारसम्म भर्न पाइने छ ।

कम्पनीले सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

उक्त कम्पनीको शेयर २ लाख ८७ हजारले १०–१० कित्ताको दरले पाउने छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले फागुन २५ गते उक्त कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपियाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपियाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ३ लाख ५० हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

साथै १ लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिसकेको छ ।