काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।
































