काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो । तीमध्ये पण्डित मात्रै नियुक्त गरेको छ । अब छिट्टै अर्का नियुक्ति हुनेछ ।





























