काठमाडौं । आज चैत ८ गतेदेखि याम्बालिङ हाइड्रोपावरले आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा गएका नेपालीका लागि आइपीओ जारी गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँबराबरको २८ लाख कित्ता आइपीओ ल्याउन अनुमति पाएको छ।
पहिलो चरणमा त्यसमध्ये ७ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकत दरका ७ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई र सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्नेछ।
यो आइपीओमा स्थानीयले न्यूनतममा १० कित्ता र अधिकतमा ७ हजार कित्ताका लागि तथा वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतममा १० कित्ता अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
यो आइपीओमा सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का बासिन्दाले आवेदन दिन सक्नेछन्। उनीहरुले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा र सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सी–आस्बा प्रणाली र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानीय आइपीओ निष्कासन बन्द छिटोमा चैत २२ गते र ढिलोमा हुनेछ २०८३ बैशाख ७ गते तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते हुनेछ। याम्बालिङ हाइड्रोपावरको आइपीओ प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।































