चैत २६ गतेदेखि यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले यही चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १०० कित्ता साधारण शेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ करोड ३१ लाख कित्ताको १० प्रतिशत अर्थात २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले फागुन १७ गते बूक क्लोज गरिसकेको छ। तसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

आवेदन वैशाख १६ गते बैंकिङ्ग समयभित्र दिइसक्नु पर्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।