कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा २०८२ साल पुस महिना ३० गते काठमाडौंको सम्पन्न भएको छ ।
सो साधारण सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वष २०८१/८२ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरियो ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ । साधारण सभा थिरबम सडक, टंगाल स्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।
































