सांग्रिला डेभलपमेन्ट बैंकको २१औं वार्षिक साधारणसभा पुस ७ गते

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले आउँदो पुस ७ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ।

उक्त साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसर्थ बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजे