काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.७८ अंकले बढेको छ । सोमबार बजार परिसूचक बढेर २५५०.३६ विन्दुमा पुगेको हो ।
आज कुल ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । आज बजारमा ३३५ विभिन्न कम्पनीका स्क्रिप्टका ६१ भन्दा बढी कारोबार भएका छन् । यो कारोबार रकम अघिल्ला केही कारोबार दिनहरु भन्दा सामान्य बढी हो । बजारमा १६७ कम्पनीको मूल्य बढेको छ । ७६ कम्पनीको मूल्य घट्दा १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज ११ समूहका सूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंकमा १.५० प्रतिशत र हाइड्रोमा १.०७ प्रतिशत वृद्धि भएका छन् । निर्जीवन बीमा र अन्य समूहका सूचक भने घटेका छन् ।
आज सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा बन्दीपुर केबलबार अग्रस्थामा रह्यो । उक्त कम्पनीको मूल्य १० प्रतिशतले बढेर ४५८.८० रुपैयाँ पुगेको छ ।
त्यसैगरी, सागर इनर्जी र बुंगल हाइड्रोको शेयर मूल्यमा ९.९९ प्रतिशतको वृद्धि देखिएको छ। झापा इनर्जीको शेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किछ लागेका छन् । भुगोल इनर्जीको सबैभन्दा धेरै ९.९९ प्रतिशतले मूल्य घटेर नकारात्मक सर्किट लागेको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीहरूमा साहस उर्जा अग्रस्थानमा रह्यो । उक्त कम्पनीको १८ करोड ३ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ५९ लाख र शिवम् सिमेन्ट्सको १६ करोड ३ लाख बराबरको कारोबार भएको छ ।
































