काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजितकुमार शाक्य नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको आज सोमबार बसेको बैठकले सीईओमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।
रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि सीईओ पद रिक्त थियो। हाल बैंकको कामु सीईओ जिम्मेवारी सन्तोषकुमार राठीलाई दिइएको छ।
यसअघि शाक्य नबिल बैंकका वरिष्ठ नायब सीईओ थिए। अब शाक्यले ३० दिनभित्र एनआईसी एसिया बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने छन्।
































