बजारमा सोमबार सुनको भाउ फेरि उकालो लागे

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन २ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ७५ रुपैयाँले घटेर चाँदी ३ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।