फेरि सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको हो । आज शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन भने सुुन तोलामा दुई लाख सात हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यस्तै, बिहिबार तोलामा २ हजार ४८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार २ हजार ४९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।