नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

निफ्रा सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरण योग्य मुनाफबाट हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको कर सहित कुल ६.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जस अनुसार निफ्रा शेयरधनीहरुलाई कुल २ अर्ब ३६ करोड ४२ लाख १२ हजार ८०० रुपैयाँ वितरण गर्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने निफ्राले जनाएको छ।