काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स २०८२ भब्य रुपमा सम्पन्न भएको छ । चितवनको नारायणगढमा साउन १० देखि १४ गतेसम्म गरी ५ दिन विभिन्न कार्यक्रमहरुका साथ भब्य रुपमा एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स २०८२ कार्यक्रम सम्पन्न भएको हो ।
देशैभरीका ११५ शाखाबाट शाखा प्रमुखहरु र केन्द्रीय कार्यालयबाट व्यवस्थापन समूहको कार्यक्रममा सहभागीता रहेको थियो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सबैको मिहिनेतले गत आर्थिक वर्ष २०८१/८२ मा व्यवसाय बृद्धिका हिसाबले नेपाली बीमा क्षेत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सको अब्बलता सावित गर्नुहुने सबै शाखा प्रमुखहरु, कर्मचारीहरु, अभिकर्ताहरु, व्यवस्थापन समूह, संचालक समिति लगायतलाई धन्यवाद व्यक्त गर्नुभयो ।कम्पनीलाई विश्वास गरी बीमा गर्नुहुने सम्पूर्ण बीमितहरुलाई धन्यवाद व्यक्त गर्दै यो विश्वासलाई जिम्मेवारीको रुपमा ग्रहण गरेको बताउनु भयो ।
त्यसैगरी आर्थिक वर्ष २०८२/८३ को व्यवसायी लक्ष्य र उक्त लक्ष्य हासिल गर्ने कम्पनीको रणनीति प्रस्तुत गर्दै सोही अनुसार अगाडि बढ्न निर्देशन दिनुभयो । उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न विधामा कर्मचारीहरूलाई अवार्ड, प्रमाण पत्र सहित सम्मान गरीएको थियो ।
कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेज्यूले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । कम्पनीका नायब महाप्रबन्धक सोन बहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को अझ सशक्त र आक्रमक बजार विस्तार गर्ने व्यवसायीक रणनीतिको बारेमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा एनएलपी कोच मिन घलेले जीवन बीमा व्यवसायका समस्या, सो को समाधान, व्यवसाय विस्तारको कार्यगत रणनीतिका बारेमा व्यवहारीक तालिम प्रदान गर्नु भएको थियो । साथै कार्यक्रममा प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेष्डर मनोज गजुरेलको मनोरञ्जनात्मक प्रस्तुती रहेको थियो ।





























