काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आज साउन ४ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाएको छ । प्रतिकित्ता १०० रुपियाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसअनुसार पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित र १ लाख ५० हजार ४७१ कित्ता आईपीओ श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।
































