एशियन लाइफ इन्स्योरेन्सको १ः०.४२ अनुपातमा हकप्रद शेयरको बिक्री खुल्यो

काठमाडौं । आज (असार २५ गते) देखि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दैछ ।

इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः०।४२ अनुपात अर्थात् ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाइसकेको छ ।

जसअनुसार इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ इन्स्योरेन्स कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेकाले जेठ १४ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । आवेदन साउन १३ गते बैंकिङ समयसम्म मात्रै दिन पाइनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपियाँ रहेको छ । हकप्रद शेयर बिक्रीपछि ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपियाँ पुग्नेछ । इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।