असार ३२ गतेदेखि हिमालयन बैंकले एफपीओ जारी गर्ने

काठमाडौं । असार ३२ गतेदेखि हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । यस बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न लागेको हो ।

जसअनुसार बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गर्न छ । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।

यसमा  बिक्री प्रबन्धकको  काम  सिटिजन्स  क्यापिटल लिमिटेडले  गर्नेछ । उक्त, एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

एफपीओ निष्कासन छिटोमा साउन ४ गते हुनेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार १४ गतेसम्म लम्बिनेछ ।