काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ५.५ प्रतिशत बोनस सेयरमा भाउ नेप्सेमा समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात यसको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ । आइतबार समायोजित भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।































