सिप्रदी अटोपार्टसद्धारा दशैं र तिहार उपहारै उपहार कार्यक्रम सार्वजनिक

काठमाडौं । टाटा जेन्युइन पार्ट्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस्  प्राइभेट लिमिटेडले  आफ्ना  ग्राहकहरुका  लागि  चार्डपर्व  बिशेष कार्यक्रम सार्वजनिक गरेको छ ।

यस दशै, तिहार र छठ पर्वको अवसरमा टाटाका जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफट पार्टस खरिद गरि स्व्रmयाच कुपन मार्पत नगद उपहार प्राप्त गर्न सकिनेछ ।

यसका साथै लक्की ड्र मार्फत अन्य आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन । यस चाडपर्व बिशेष उपहार नेपालभरी रहेका सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडका ४० वटा रिटेलर हरुमा लागु गरिएको छ ।